एमाले अध्यक्ष ओलीका कारण सङ्घीयता खतरामा छ : सांसद निधि

एमाले अध्यक्ष ओलीका कारण सङ्घीयता खतरामा छ : सांसद निधि


काठमाण्डु- नेपाली का‌ग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको बताएका हुन् । उनले संविधानले ग्रहण गरेको अवलम्बन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने बताए ।

उनले ओलीको भनाइले सङ्घीयता नै खतरामा रहेको आशङ्का उब्जिएको बताए ।सांसद निधिले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान्, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको पनि दावी गरेका छन् ।