नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँट, ४ लाख ९२ हजार जनाले पाए ६० कित्ता शेयर

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँट, ४ लाख ९२ हजार जनाले पाए ६० कित्ता शेयर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरेको छ । बैंकको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच बाँडफाँड भएको हो ।

सर्वसाधारणका लागि माघको पहिलो साता निष्कासन गरिएको शेयर अनुसार ५० कित्तासम्म माग गर्ने सबैले मागअनुसार नै शेयर पाएका छन् ।

क्यापिटलका अनुसार निफ्राको आईपीओ १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन् । १० देखि ५० कित्ता शेयर माग गर्नेलाई माग अनुसार नै शेयर वितरण भएको छ ।

यस्तै ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ । क्यापिटलका अनुसार ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।

यसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाएका छन् । आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८ वटा आवेदनयोग्य बनेको छ । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।

क्यापिटलका अनुसार ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता र ५० कित्ताका लागि मात्र आवेदन गर्ने १ लाख ७९ हजार ९३८ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् ।

६० कित्ता बढी शेयर आवेदन गर्नेले ११ लाख ९४ हजार ४ जनाले ५० कित्ताका दरले अनिवार्य रुपमा शेयर पाएका छन् भने ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।