रात्रीकालीन व्यवसाय बन्द नगर्ने व्यवसायीको निर्णय

रात्रीकालीन व्यवसाय बन्द नगर्ने व्यवसायीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रात्रीकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितीले रात्रीकालीन व्यवसाय बेलुका ८ बजेपछि बन्द गर्ने सरकारको निर्णयको विरोध जनाएको छ ।

समितिले मंगलबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै सरकारको उक्त निर्णय अवज्ञा गर्ने घोषणा गरेका हुन् । व्यवसायीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सिट क्षमताका शर्तहरू पालन गर्ने तर व्यवसाय बन्द नगर्ने बताएका छन् ।

सरकारले अघिल्लो वर्ष पनि लामो समय लकडाउन र प्रतिबन्ध लगाउँदै आफूहरूको व्यवसाय चौपट बनाएको भन्दै अब पनि यसलाई बन्द गरेर आफूहरूसहित यस्ता व्यापार व्यवसायमा आवद्ध कर्मचारीसहित उनीहरूका आश्रित १५ लाख मानिसहरूलाई प्रभावित बनाउन खोजेको आरोप लगाएका छन् ।

कार्यक्रममा दोहोरी साँझ, रात्रिकालीन व्यवसाय, लाउञ्ज, रेष्टुरेन्टसहित कलाकारको समेत उपस्थिति रहेको थियो । उनीहरूले कोरोना कहरको बहानामा आफूहरूको व्यवसाय बन्द गरिए त्यसको प्रतिकार र विरोध गर्ने जनाएका छन् ।