रात्रीकालिन व्यवसायमा लगाइएको प्रतिवन्ध फुकुवा

रात्रीकालिन व्यवसायमा लगाइएको प्रतिवन्ध फुकुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रात्रीकालीन व्यवसायमा लगाइएको प्रतिवन्ध फुकुवा भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै रात्रीकालिन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न निर्देशन दिएको थियो । ‘रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन अनुरोध छ,’ मन्त्रालयले जारी गरेको १० बुँदे सूचनाको ७ नम्बर बुँदामा भनिएको थियो ।

मन्त्रालयले सूचना जारी गरेलगत्तै बिहीबार बसेको काठमाण्डु, भक्तपुर र ललितपुरका सीडीओ र पर्यटन बोर्डका सीईओ समेतको आकस्मिक बैठकले सीसीएमसी वा क्याबिनेटले निर्णय गर्नुपर्ने भन्दै मन्त्रालयको सो सूचना नमान्ने निर्णय गरेको हो ।

आकस्मिक बैठकले स्वास्थ्य मन्त्रालयको सूचना बाध्याबारी नहुने ठहर गरेसँगै अब रात्रिकालीन व्यवसायमा लगाइएको प्रतिवन्ध खारेज भएको छ । योसँगै अब राति ९ बजेपछि पनि होटल, रेष्टरेन्ट लगायत रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले स्वास्थ्य मन्त्रालयको निर्णय नमान्ने बताए । उनले मन्त्रीपरिषदले निर्णय नगरेसम्म स्वास्थ्य मन्त्रालयले जे सूचना निकाले पनि मान्न बाध्य नहुने बताए ।