निहारिकाले तोडिन् अनशन

निहारिकाले तोडिन् अनशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निहारिका राजपुतले आमरण अनसन तोडेकी छन्। आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै १७ दिनदेखि अनसनरत राजपुतले सरकारसँगको तीन बुँदे सहमतिमा अनशन तोडेकी हुन् ।

उनले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा अनशन तोडेकी हुन् । निहारिकाले बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन्। साेही माग अनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालत समक्ष जाहेरवालाको तर्फबाट सरकारी वकिलले माग गर्ने सहमती भएको छ।

साथै डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्नेसमेत सहमति भएको छ ।