नेपाल–भारत थिंक ट्यांक फोरम आयोजना हुँदै

नेपाल–भारत थिंक ट्यांक फोरम आयोजना हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालकै अग्रणी थिंक ट्यांकमध्येको ‘नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड एंगेजमेन्ट’ (एनआईआईसीई) ले आफ्नो १०औं वार्षिकोत्सवको अवसर पारेर आगामी माघ २७ गते मंगलबार ‘नेपाल–भारत सुरक्षा सहकार्य’ विषयक फोरम आयोजना गर्ने भएको छ ।

काठमाण्डुस्थित मेरियट होटलमा हुने १ दिने कार्यक्रममा २ देशबिचको सुरक्षा सम्बन्ध, चुनौती र आगामी दिशाबारे गम्भीर विमर्श गरिनेछ । ३ सत्रमा केन्द्रित छलफल फोरममा ३ वटा मुख्य सत्रहरू रहनेछन् ।

छलफलका क्रममा नेपाल र भारतबिचको सुरक्षा सहकार्यको निरन्तरता, सीमापार अपराध, कनेक्टिभिटी (सम्पर्क सञ्जाल) र आर्थिक सुरक्षाका चुनौतीहरूमाथि विज्ञहरूले धारणा राख्नेछन् । द्विपक्षीय सम्बन्धलाई थप मजबुत र लचिलो बनाउन थिंक ट्यांक, युवा पुस्ता र सञ्चारमाध्यमको भूमिकाबारे समेत विचार–विमर्श हुने आयोजकले जनाएको छ ।

विशिष्ट वक्ताहरूको सहभागिता यस फोरममा दुवै देशका उच्चस्तरका सुरक्षा र कूटनीतिक विज्ञहरूको सहभागिता रहनेछ । भारतबाट पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार एवं नेटस्ट्राटका प्रमुख राजदूत पंकज सरन, युनाइटेड सर्भिस इन्स्टिच्युट अफ इन्डियाका महानिर्देशक भाइस एडमिरल सञ्जय जशजित सिंह, इन्डिया फाउन्डेसनका क्याप्टेन डा. आलोक बंसल, प्रा. सङ्गीता थपलियाल र डा. गौरव सैनी सहभागी हुनेछन् ।

नेपालका तर्फबाट राजनीतिक तथा सुरक्षा विश्लेषक (सेनि) मेजर जनरल बिनोज बस्न्यात, अनुराग आचार्य, डा. अंगना गुहा रोय, वरिष्ठ पत्रकार सञ्जीव सत्गैयाँ र कार्यक्रम संयोजक बिबेक ध्वज थापा लगायतले आ–आफ्नो प्रस्तुति दिनेछन् ।

संवादको आवश्यकता कार्यक्रमबारे जानकारी दिँदै एनआईआईसीईकी निर्देशक सुमित्रा कार्कीले क्षेत्रीय रूपमा देखिएका नयाँ र जटिल चुनौतीहरू सामना गर्न नेपाल र भारतले साझा सरोकारका विषयमा नजिकबाट सहकार्य गर्नु अपरिहार्य रहेको बताए । उनले भने, ‘यस्ता मञ्चहरूले दुवै देशका विज्ञ र नीति निर्माताहरूलाई संवादमार्फत व्यावहारिक समाधान खोज्ने अवसर प्रदान गर्छन् ।’

विदेश नीति, सुरक्षा र विकासका क्षेत्रमा सक्रिय रहँदै आएको एनआईआईसीईले यसअघि पनि भारतीय थिंक ट्यांकहरूसँगको सहकार्यमा विभिन्न प्राज्ञिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।