निजामती विधेयकमा ब्युतियो सहसचिव खुला प्रतिस्पर्धाको प्रावधान, १०% मा सहमति

निजामती विधेयकमा ब्युतियो सहसचिव खुला प्रतिस्पर्धाको प्रावधान, १०% मा सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विधायन व्यवस्थापन समितिले सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति जुटाएको छ ।

बुधबार बसेको समितिको बैठकले १० प्रतिशत सहसचिव खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने व्यवस्था गरेको हो ।

प्रतिनिधि सभाले निजामती विधेयकमा उपसचिवसम्म मात्र खुला प्रतिस्पर्धाको व्यवस्था गरेको थियो । तर संघीय निजामती सेवा विधेयक २०८० माथि दफावार भएको छलफलमा सहसचिव खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति जुटेको समितिकी सभापति तुलसाकुमारी दाहालले बताइन् ।

उनले भनिन्, ‘सैद्धान्तिक छलफल भइसकेको छ । अब दफावार छलफल गरेर टुंग्याउँछौं ।’

सांसद झक्कुप्रसाद सुवेदीले नायब सुब्बा र सहसचिवमा पदपूर्ति खुला प्रतिस्पर्धाबाट पनि गर्नुपर्ने कानूनी प्रावधान राख्नुपर्ने बताएका थिए । सांसद बेदुराम भुसालले सहसचिवमा खुलाबाट पदपूर्तिको प्रावधान राख्नुपर्ने बताए । थोरै प्रतिशतमा भए पनि खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनुपर्ने व्यवस्था राखेर जानुपर्ने उनको भनाइ थियो ।