सिंहदरबार भित्रै नासुको प्रर्दशनः ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन ?’

सिंहदरबार भित्रै नासुको प्रर्दशनः ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसदको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको निजामती कर्मचारी विधेयकविरुद्धमा नायब सुब्बाहरूले सिंहदरबारमा प्रर्दशन गरेका छन् ।

सोमबार समितिले पारित गरेको उक्त विधेयक अन्नयपूर्ण रहेको भन्दै कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि विरोध गरेका हुन् ।

विरोधमा उत्रिएका नासुहरूले ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन ?’ भन्नेजस्ता प्लेकार्ड बोकेर शान्तपूर्वक प्रदर्शन गरेका हुन् । विधेयकले नासुको वृत्तिविकासमा बाधा पुग्ने उनीहरुको भनाई छ ।

उनीहरुले शाखा अधिकृतको पदपूर्तिमा नायब सुब्बाहरुबाट बढुवा भएर आउने प्रतिशत ३० कायम गर्नुपर्ने, नायब सुब्बाहरुबीच आन्तरिक प्रतिस्पर्धाका लागि २० प्रतिशत छुट्टाइनुपर्ने र बाँकी ५० प्रतिशतमा खुल्ला प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन् । साथै एउटै पदमा लगातार १२ वर्षसम्म काम गरिरहँदा पनि बढुवा नभएमा स्वतः माथिल्लो पदमा बढुवा हुनुपर्ने पनि उनीहरुको माग छ ।