यी हुन निजामती सेवा पुरस्कार पाउने ४० जना कर्मचारी (सूचीसहित)

यी हुन निजामती सेवा पुरस्कार पाउने ४० जना कर्मचारी (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निजामती दिवसका अवसरमा आज ४० जना कर्मचारीलाई पुरस्कृत गरिने भएको छ । १८औँ निजामती सेवा दिवसका अवसरमा १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने सूचीको पहिलो नम्बरमा सर्वोच्च अदालतका सहरजिस्ट्रार विमल पौडेल रहेका छन् ।

यस्तै, राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेती र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्रकुमार केसीको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा छ ।

निजामती सेवा पुरस्कार पाउने सूचीको पहिलो नम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेतको नाम छ । यस्तै, राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव ज्ञानराज सुवेदी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव कोशलचन्द्र सुवेदीको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा छ ।