निजगढ विमानस्थल सरकार आफैंले बनाउँछ : पर्यटनमन्त्री भट्टराई

निजगढ विमानस्थल सरकार आफैंले बनाउँछ : पर्यटनमन्त्री भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निजगढ विमानस्थल सरकार आफैले बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बोल्दै निजगढ विमानस्थल निर्माणमा विदेशी सहयोग नजुटे वार्षिक २०–२५ अर्ब रुपैयाँ छुट्याउन सरकारका लागि ठूलो कुरा नभएको बताउँदै उनले उक्त विमानस्थल सरकार आफैले बनाउने बताएका हुन् ।

उनले विमानस्थल सिलान्यास गर्नुअघि वृक्षरोपण गर्ने र उक्त ठाउँको रुखहरु काटिने बताए । ‘विमानस्थल बनाउँदा १ हजार ९ सय हेक्टरभित्र आधारभूत संरचना बन्नेछ । ८ हजार ४५.७९ हेक्टरका रुख कटान हुने वातावरण प्रभाव मूल्यांकन (ईआईए) मा उल्लेख छ । त्यहाँ करिब ६ लाख रुख काटिने प्रतिवेदनमा उल्लेख छ । त्यस क्षेत्रको रुख काटिनुअघि त्यसको क्षतिपूर्ति हुनेगरी वृक्षारोपण गछौं’ उनले भने ।

उनले विमानस्थल निर्माणका सबै पूर्व तयारी सकेर आगामी मंसिरसम्ममा सिलान्यास गर्ने बताए ।  ‘ राजनीतिक प्रतिबद्धता र सरकारले आयोजनालाई महत्व दिएको छ भन्ने देखाउनलाई भएपनि विमानस्थलको सिलान्यास गर्न जरुरी छ’ उनले भने ।