निजगढ विमानस्थलबारे सर्वोच्चले गरेको फैसलाको सम्मान गर्न नागरिक समाजका अगुवाहरुको आग्रह

निजगढ विमानस्थलबारे सर्वोच्चले गरेको फैसलाको सम्मान गर्न नागरिक समाजका अगुवाहरुको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरीक समाजका अगुवाहरुले सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्न आग्रह गरेका छन् । सर्वोच्चको बृहत इजलासले गत जेठ १२ गते निजगढ अन्र्तराष्ट्रिय विमानस्थलबारे गरेको फैसलाको सम्मान गर्न उनिहरुले राजनीतिक दलका नेताहरुसंग आग्रह गरेका हुन् ।

पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्व सभामुख दमननाथ ढुंगाना र पत्रकार कनकमणि दीक्षितसहित सात जना नागरिक समाजका अगुवाले शुक्रबार विज्ञप्ति जारी गर्दै अदालतको सम्मान गर्न र विमानस्थल निर्माण कार्य अघि नबढाउन आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘सर्वोच्चको सो आदेश कुनै पनि दृष्टिबाट उचित देखिंदैन भन्दै विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाउन प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जेठ १६ गते नेपाल सरकारलाई दिएको निर्देशनले न्यायालयको स्वतन्त्र न्याय निरुपण गर्ने अधिकारप्रति नै हस्तक्षेप हुन पुगेको छ।’