जेनजीको माग पूरा नभए १६ गतेबाट अर्को विद्रोह सुरु हुन्छ : डा. निकोलस

जेनजीको माग पूरा नभए १६ गतेबाट अर्को विद्रोह सुरु हुन्छ : डा. निकोलस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अभियन्ता डा. निकोलस भुसालले आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुने भन्दै सरकारलाई जेनजीका माग पूरा गर्न चेतावनी दिएका छन् ।

शनिबार कार्यक्रम आयोजना गरी उनले अन्तिम विद्रोहको तयारी पूरा भएको भन्दै जेनजीका माग पूरा नभए अर्को सरकार गठन गर्ने बताए ।

‘हामीले १६ गतेदेखि अन्तिम विद्रोह, अन्तिम क्रान्ति गर्दैछौं । त्यो रहरले हैन, कहरले हो । अहिलेको प्रधानमन्त्री, गृहमन्त्री तपाईंहरूले हिम्मत गर्नुस्, हामीले जेनजीको रगतले तपाईंलाई बनाएका हांै,’ उनले भने, ‘आज माइती घरमा जेनजीको माग पूरा गर भन्दै गर्दा उनीहरूलाई पक्राउ गरेर लाने अधिकार कसले दियो ? प्रधानमन्त्री सुशीला कार्कीज्यू तपाईंलाई त्यहाँ राखेको जेनजीको माग पूरा गर्न हो ।’

उनले १३ दिनमा सरकार परिवर्तन गरी अर्को संविधानको समेत तयारी गरिरहेको बताए ।  भुसालले अबको विद्रोहपछिको सरकारले किसानको उत्पादन किन्ने र किसानका समस्या समाधान गर्ने बताए ।

‘देश गरीब हैन, म सम्पूर्ण किसानहरूलाई भन्छु तपाईंहरूको उत्पादन यो सरकारले किन्दिन्छ ? छैन नि म किन्दिन्छु वाचा भो, तपाईंले जे फलाउनुहुन्छ, सबै हामी किन्दिन्छौं । मल चाइयो, हामी दिन्छौं,’ उनले भने ।