राजदूत निलाम्बर आचार्यले बुझाए भारतीय राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र

राजदूत निलाम्बर आचार्यले बुझाए भारतीय राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले त्यहाँका राष्ट्रपति समक्ष ओहोदाको प्रमाण पत्र पेश गरेका छन्।

कार्यभार सम्हाल्न तीन हप्ता अघि नयाँदिल्ली पुगेका उनले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

त्यस अवसरमा राजदूत आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताको तर्फबाट भारतीय राष्ट्रपतिको सुस्वास्थ्यको र भारतको समृद्धिको कामना गरेका थिए।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तीका अनुसार, राष्ट्रपति कोबिन्दले राजदूतको जिम्मेवारी पाएकोमा आचार्यलाई बधाई तथा शुभकामना प्रकट गरेका थिए।

संविधान सभाबाट नयाँ संविधान निर्माण र गत साल भएको निर्वाचन लगत्तै नेपाल राजनीतिक स्थायित्वतर्फ अघि बढेको जानकारी दिँदै राजदूत आचार्यले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को उद्देश्य सहित नेपाल अघि बढेको जानकारी गराएका थिए।

कार्यभार सम्हाल्नका लागि राजदूत आचार्य ५ फागुनमा नयाँदिल्ली प्रस्थान गरेका थिए।