राजदूत आचार्य र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

राजदूत आचार्य र भारतीय सेनाध्यक्षबीच भेटवार्ता


काठमाण्डु – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र भारतका चिफ अफ डिफेन्स जनरल बिपिन रावतबीच भेटवार्ता भएको छ ।

बिहीबार भएको भेटवार्तामा दुईदेशबीचको मैत्रीपूर्ण सम्बन्धबारे छलफल भएको दूतावासले जनाएको छ । उक्त छलफलमा राजदूत आचार्यसहित दूतावासका कर्मचारी र भारतीय सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।