भारतीय लोकसभाका सभामुखलाई कोरोना पुष्टि, राजदूत आचार्य क्वारेन्टाइन बसे

भारतीय लोकसभाका सभामुखलाई कोरोना पुष्टि, राजदूत आचार्य क्वारेन्टाइन बसे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य क्वारेन्टाइन बसेका छन् ।

भारतको लोकसभाका सभामुख ओम बिरलालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि राजदूत आचार्य क्वारेन्टाइन बसेका हुन् ।

राजदूत आचार्यले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन् । राजदूत आचार्य र सभामुख विरलाबीच केही दिनअघि भेट भएको थियो ।

उनीहरु भेट भएको भोलिपल्ट शुक्रबार विरलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)ले एक विज्ञप्ती जारी गर्दै बिरलालाई संक्रमण भएको जानकारी दिएको हो ।