काठमाडाैं–भारतका लागि प्रस्तावित नेपाली राजदूत नीलम्बर आचार्यको एग्रिमो प्राप्त भएकाे छ ।
गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई भारतका लागि राजदूत प्रस्ताव गरेर संसदीय सुनुवाइ समेत सम्पन्न भइसकेपछि एग्रिमोका लागि भारत पठाइएकोमा स्वीकृति प्राप्त भएकाे हाे।
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) का नेपालतर्फका सदस्य रहेका उनी भारतीय मामिलाका जानकार मानिन्छन्। आचार्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार भारतका लागि नेपाली राजदूत नियुक्त गर्ने कार्यक्रम छ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले एक वर्ष अघि राजीनामा दिएपछि त्यहाँ राजदूत पद रिक्त छ। भारतीय नाकाबन्दीका बेला तत्कालीन ओली सरकारले उपाध्यायलाई फिर्ता बोलाएपनि त्यसपछिको सररकाले नियुक्त गरेको थियो। तर, उनी राजीनामा दिएर चुनावमा हिँडेका थिए।




प्रतिक्रिया