निरा हत्या प्रकरण: लुटपाटकै उद्देश्यले हत्या गरेको प्रहरीको दाबी


काठमाण्डु – काठमाण्डुको सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गरिरहेकी निरा पाण्डेको हत्या आरोपीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सार्वजनिक गरेको छ।

उनको हत्या आरोपमा पक्राउ परेका झापाको मेचिनगर–१० धुलाबारीका ३५ वर्षीय विनोद विश्वकर्मालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार जडिबुटीमा साथीको कोठामा बसेका विनोद वैशाख ७ गते दिउँसो सरस्वतीनगरस्थित निरुको पसलमा भाँडा किन्ने बाहनामा छिरेका थिए । निरुले उनलाई भाँडा देखाउने क्रममा उनलाई पछाडिबाट छुरा प्रहार गरी ढालेको र उनको हत्या गरी उनले लगाएको सुनका गरगहना र पसलमा भएको नगद लिएर त्यहाँबाट भागेको खुलेको छ । प्रहरीका अनुसार उनले चोरी गरेका सुनका गहना बिक्री गरेको पनि देखिएको छ । उनले हत्याका बेला लगाएका कपडा, झोला र जुत्तालगायत सामाग्रीहरु समेत भेटिएका छन् ।

बाउन्सरसमेत रहेका विनोदले सिक्री लुट्ने मनसायले दिउँसोको समयमै १९ पटक निरामाथि छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार इनड्राइभमार्फत घटनास्थल नजिकै पुगेका विनोदले निरुको सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि ८ मिनेटको बीचमै हत्या गरेको खुलेको हाे। भाँडा पसल गर्दै आएकी निरा आचार्य ७ वैशाखमा सख्त घाइते अवस्थामा भेटिएकी थिइन्। उनको उपचारका क्रममा त्यही दिन मृत्यु भएको थियो।

निरा हत्याको एक साता बित्दा पनि दोषी पक्राउ गर्न नसकेपछि प्रहरीले १५ वैशाखमा एआईजी किरण बज्राचार्यको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला प्रहरीसमेत सम्मिलित ८ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement