सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि निराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि निराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको सरस्वतीनगरमा १० दिनअघि भएको हत्या लुटपाटको उद्देश्यले ‘दुर्घटनावश’ भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

कपन सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निराको सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या गरिदिएको घटनामा संलग्न विनोद विश्वकर्माले प्रहरीलाई प्रारम्भिक बयान दिएका हुन् ।

बाउन्सरसमेत रहेका विनोदले सिक्री लुट्ने मनसायले दिउँसोको समयमै १९ पटक निरामाथि छुरा प्रहार गरी हत्या गरेको बताए । विनोदलाई प्रहरीले झापाबाट पक्राउ गरी काठमािण्डु ल्याएको छ । प्रहरीका अनुसार सोधपुछमा विनोदले हत्या स्वीकार गरेका छन्।

साता दिन बित्सासमेत हत्यारा पत्ता लगाउन नसकेको भन्दै नागरिक स्तरबाट सरकारको आलोचना भएपछि प्रहरीले दुई दिनअघि मात्रै घटना अनुसन्धानका लागि सीआईबी प्रमुख किरण वज्राचार्यको नेतृत्वमा समिति गठन गरेको थियो।

प्रहरीका अनुसार इनड्राइभमार्फत घटनास्थल नजिकै पुगेका विनोदले निरुको सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि ८ मिनेटको बीचमै हत्या गरेको खुलेको छ। भाँडा पसल गर्दै आएकी निरा आचार्य ७ वैशाखमा सख्त घाइते अवस्थामा भेटिएकी थिइन्। उनको उपचारका क्रममा त्यही दिन मृत्यु भएको थियो।