सनराइज बैंकको सीईओमा निरज

सनराइज बैंकको सीईओमा निरज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा निरज श्रेष्ठ नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिले उनलाई ४ वर्षका लागि सिईओमा नियुक्त गरेको हो। सनराइजबाट रत्नराज बज्राचार्य बाहिरिएपछि सिईओ पद खाली रहँदै आएको थियो। बैंकमा डेपुटी सीईओको रुपमा काम गर्दै आएकी आशा राणालाई कामयमुकायम दिइएको थियो।

श्रेष्ठ भने माछापुच्छ्रे बैंकबाट बाहिरिएका थिए। आफ्नो कार्यकाल समाप्त नभई बाहिरिएका उनलाई सनराइजले भित्राएको हो।

ग्लोबल आइएमई बैंकको डेपुटी सीईओको रुपमा काम गरिसकेका उनले एनआईसीमा महाप्रबन्धको रुपमा काम गरेको अनुभव पनि छ।