फेसबूकमा सरकारलाई सिकाउने प्रदेश सचिव निरौलालाई नै शव व्यवस्थापनको जिम्मा

फेसबूकमा सरकारलाई सिकाउने प्रदेश सचिव निरौलालाई नै शव व्यवस्थापनको जिम्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक सञ्जाल फेसबूकमा स्ट्याटस लेखेर सरकारलाई शव व्यवस्थापनबारे सिकाउने प्रदेश सचिव कोषहरि निरौलालाई नै सरकारले शव व्यवस्थापनको जिम्मा दिएको छ ।

कोशी प्रदेशका सचिव निरौलालाई संघीय सरकारले रसुवाको टिमुरेमा शव व्यवस्थापनका लागि काजमा खटाएको छ ।

आईतबार मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई टिमुरे पठाउने निर्णय गरिएको छ ।

निरौलाले शनिबार मात्रै फेसबूकमार्फत शव गाड्नुको सट्टा धर्म–परम्पराअनुसार अन्तिम संस्कार गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । उनले कोभिडका बेला आफू मोरङको सीडीओ हुँदा गरेको शव व्यवस्थापनको अनुभवसहित सामाजिक सञ्जालमा राखेका थिए ।

सामाजिक सञ्जालमार्फत अनुभव सार्वजनिक गरेका निरौलालाई सरकारले विपद्का बेला शव व्यवस्थापन गर्ने मौका दिएको छ ।