बालेन, हर्कसहित ५ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

बालेन, हर्कसहित ५ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ५ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

उजुरीका आधारमा आयोगले बालेन शाह, हर्क साम्पाङ,निकोलस भुसाल, महेश बस्नेत र जानुका पाठक (शोभा) लाई स्पष्टीकरण सोधेको हो ।

आयोगले उनीहरूलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न पत्र काटेको छ।

केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट गर्दै ‘हत्यारा’ भनेर टिप्पणी गरेको भन्दै झापा ५का उमेद्वार बालेनलाई स्पष्टीकरण सोधिएको हो भने जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेको आरोपमा निकोलसलाई स्पष्टीकरण सोधिएको हो ।

यस्तै आयोगले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएर आचारसंहिता उल्लङ्घन गरेको भन्दै हर्क साम्पाङलाई स्पष्टीकरण सोधेको छ भने एमालेबाट भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतलाई बालेनलाई ‘छाउरा’ भनेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको छ ।

यता भक्तपुर २ कै उम्मेदवार शोभा पाठकलाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको तथा हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

यस्तै अनुमति नलिइ आचारसंहिता लागूपछि अधिवेशन गरेको यसैगरी, स्वास्थ्य स्वयमसेवक संघलाई स्पष्टीकरण पनि स्पष्टीकरण सोधिएको हो ।