समानुपातिकमा भाग लिने दललाई निर्वाचन चिन्ह प्रदान

समानुपातिकमा भाग लिने दललाई निर्वाचन चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।

निर्वाचन आयोगले शुक्रबार मंसिर २१, २२ र २३ गते गरेर ३ दिनको समय सीमा भित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका दलमध्ये अन्तिम रूपमा कायम हुन १०० दललाई विभिन्न ९३ वटा निर्वाचन चिन्ह प्रदान गरेको हो ।

जसमा पहिलो नम्बरमा नेकपा (एमाले)को सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को पाँचकुने तारा, चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घण्टी र पाँचौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हलो रहेको छ ।

समानुपातिकतर्फको निर्वाचनमा भाग लिन सय दलले निवेदन दिएको भए पनि कतिपय दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिने गरी निवेदन दिएका कारण ९३ वटा निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै छैटौँमा जसपाको ढल्केको छाता, सातौँमा जनमत पार्टीको लाउड स्पिकर, आठौँमा नागरिक उन्मुक्ति पार्टीको पिँध भएको सादा ढकिया, नवौँमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को साइकल, दशौँमा नेमकिपाको मादल र एघारौँमा राष्ट्रिय जनमोर्चाको गिलास परेको छ।

यी ११ दलपछि अन्य दललाई भने निवेदन दर्ताको क्रमअनुसार क्रमसंख्या र चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ। यसअनुसार मतपत्रको १२ औँ नम्बरमा देश विकास पार्टीको लौरो र १३ औँ नम्बरमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को खुलेको एकल आँखा तोकिएको छ।