निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै ओलीले दिए देउवालाई यस्तो चेतावनी

निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै ओलीले दिए देउवालाई यस्तो चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने गतिविधी भइरहेको दाबी गरेका छन् । जनमोर्चा नेपाल र जागरण परिषदका नेता कार्यकर्तालाई बुधबार एमालेमा प्रवेश गराउंदै अध्यक्ष ओलीले निर्वाचन सार्ने षडयन्त्र नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् ।

 

 

 

 

पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले  बाम गठबन्धन कुनै पनि निजी स्वार्थका लागी नबनेको स्पष्ट पारे । उनले देश र जनताको हितको लागी बाम गठवन्धन बनेको दाबी गर्दै त्यस अभियानको नेतृत्व एमालेले लिने बताए ।

 

 

बाम गठबन्धन बनेपछि सत्तारुढ दल कांग्रेस आत्तिएको भन्दै लोकतान्त्रिक पद्धतीमा प्रतिस्पर्धा गर्न कांग्रेस तयार हुनुपर्ने ओलीको भनाई थियो ।