काठमाण्डु – प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन तोकिएकै समयमै हुने बताएका छन् । सरकारले आगामी वैशाख १७ र २७ मा दुई चरणमा निर्वाचन हुने घोषणा गरिसकेको छ । पांचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुख आयुक्त थपलियाले आयोग तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध रहेको भन्दै निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन उनले आह्वान समेत गरेका छन् ।
उनले सवै सरोकारवालाहरुको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने दावी समेत गरेका छन् ।
‘चुनावलाई आम सहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहनेमा आयोग छ ।’ थपलियाले शुभकामना सन्देशमा भनेका छन् ।
थपलियाले निर्वाचनलाई समयमा सम्पन्न गर्न आयोगले तयारीको कामलाई अघि बढाइसकेको जानकारी दिए । उनले निर्वाचनको लागि विभिन्न तयारीहरु जारी राखिएको समेत उल्लेख गरेका छन् ।




प्रतिक्रिया