कोशीमा सांसद निर्मला लिम्बूले नयाँ जसपा रोजिन्

कोशीमा सांसद निर्मला लिम्बूले नयाँ जसपा रोजिन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादीको पक्षमा सनाखत गरेकी छन्।

मंगलवार लिम्बुले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा अशोक राई नेतृत्वको जससपाको पक्षमा सनाखत गरेकी हुन् । जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको थियो । जसअनुसार लिम्बुले जसपा रोजेकी हुन् ।

कोशी प्रदेशसभामा जसपा नेपालबाट लिम्बु एकमात्र सांसद थिइन् । निर्मला समानुपातिक सांसद हुन् ।