नेकपाका विद्यार्थीले गृहमन्त्रीलाई भेटेर मागे आइजीपीको राजीनामा

नेकपाका विद्यार्थीले गृहमन्त्रीलाई भेटेर मागे आइजीपीको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रमाण नष्ट गर्ने प्रहरी अधिकृतलाई कारबाही गर्न नसकेको भन्दै आइजीपी सर्वेन्द्र खनालको राजीनामा माग गरिएको छ।

बलात्कारपछि हत्या घटनाको प्रमाण नष्टमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख (हाल निलम्बित एसपी) दिल्लीसिंह विष्ट नेतृत्वको प्रहरीको गम्भीर त्रुटि रहेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएपनि आइजीपी खनालका अडानका कारण ती प्रहरी अधिकृतलाई थुन्न नसकिएको गृह स्रोत बताउँछ।

सोही क्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै आइजीपी खनालको राजीनामा मागेका हुन्।

पन्तको हत्यारालाई पत्ता लगाउन नसकेपछि त्यसको नेतृत्व लिएका महानिरीक्षक खनाललाई तत्काल बर्खास्त गर्न गृहमन्त्री थापालाई दवाव पनि दिएका छन्।

निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी महानिरीक्षक खनालले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको अनुरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिइन् ।

अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले जनतालाई मारमा पार्ने गरी यातायातको साधनमा बढाइएको भाडा तत्काल फिर्ता लिन सरकारको गम्भिर ध्यानाकर्षण गराए।

गृहमन्त्री थापाले उच्चस्तरीय छानविन समितिले दिएको प्रतिवेदनको आधारमा निर्मला पन्त हत्याकाण्डको छानविनको कामलाई तीव्रता दिइएको बताए।