निर्मला पन्त हत्या काण्डः प्रमाण गष्ट गर्ने ८ प्रहरीले पाए सफाई

निर्मला पन्त हत्या काण्डः प्रमाण गष्ट गर्ने ८ प्रहरीले पाए सफाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको प्रमाण नष्ट गरेको आरोपमा मुद्धा खेपिरहेका ८ प्रहरीले सफाई पाएका छन् ।

सफाई पाउनेमा एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी रहेका छन् । जिल्ला आदालत कञ्चनपुरले बिहिबार उनीहरुलाई सफाई दिएको हो ।

निर्मलाकी आमा दुर्गादेवी र दीलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले घटनाको प्रमाण नष्ट गरेको र दिलिपलाई यातना दिएको भन्दै उनीहरुविरुद्ध २०७५ फागुन २२ मा मुद्धा दर्ता गराएका थिए । जिल्ला अदालतको यो फैसलापछि निलम्बनमा परेका प्रहरी अधिकारी सेवामा फर्कने बाटो खुला भएको छ ।

दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भने भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी प्रहरी सेवाबाट हटाइएकाले उनीहरु सेवामा फर्कन सक्ने अवस्था छैन ।