निर्मलालाई न्याय माग्दै राष्ट्रपति भवनअगाडि प्रदर्शन, ११ जना पक्राउ

निर्मलालाई न्याय माग्दै राष्ट्रपति भवनअगाडि प्रदर्शन, ११ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी नाबालिका निर्मला पन्तको न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु शितल निवास अगाडिको सडकमा प्लेकार्डसहित प्रदर्शन गर्न भेला भएका थिए।

अधिकांश प्रदर्शनकारीलाई प्रहरीले समातेर लगेको छ। प्रदर्शनकारीहरुले निधारमा ‘म निर्मला’ लेखेका थिए भने प्लेकार्ड पनि बोकेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै गर्दा उनीहरुले प्रदर्शन गरेका थिए ।

यसैबीच, निर्मला पन्तको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । उनको बयान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जारी छ ।