निर्मला प्रकरणमा बम दिदीबहिनी र मामामाथि पुनः छानबिन गर्न एआईजी बस्न्यातलाई सुझाव

निर्मला प्रकरणमा बम दिदीबहिनी र मामामाथि पुनः छानबिन गर्न एआईजी बस्न्यातलाई सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याकाण्ड छानविनका लागी छानविन समितिका संयोजक एआईजी धिरु बस्न्यात नेतृत्वको टोलीले शनिबार स्थानीय सरोकारवाला र पत्रकारसँग परामर्श सुरु गरेको छ।

एआईजी धिरु बस्न्यातले आफुहरु अनुसन्धानमा लागेकोले अपराधी छिट्टै पत्ता लाग्ने बताएका छन्। आफूहरु घटनाको अनुसन्धानमा निकै केन्द्रित भएको बताउँदै उनले हत्यारा छिट्टै पहिचान हुने बताए। उनले भने, ‘हामी अनुसन्धानमा छौँ, यति दिन मै हत्यारा सार्वजनिक हुन्छ भनेर भन्न सकिदैन, केही समय लागे पनि दोषी उम्कन पाउदैन।’

यसअघि उनले स्थानीय पत्रकारहरुसँग घटनाको बारे परामर्श समेत गरेका थिए। उक्त परामर्शमा पत्रकारहरुले अहिलेसम्म भएका घटनाको जानकारी गराउँदै आफ्ना बिभिन्न सुझाव दिएका छन्। उनीहरुले सुरुको अनुसन्धान गर्ने टोली, बम दिदीबहिनी, निर्मलाका मामामाथि अनुसन्धान गर्नुपर्ने सुझाव दिएका हुन्। यस्तै निर्मलाका आमाबुवा तथा स्थानीयसँग पनि फेरि सोधपुछ गर्नु लगायतका सुझाव दिएका थिए।

घटनाको छानविनका लागि गत ३१ भदौमा एआईजी धिरु बस्नेतको नेतृत्वमा चार सदस्यीय टोली शुक्रबार कञ्चनपुर पुगेको थियो। शुक्रबार कञ्चनपुर पुगेसँगै टोलीले घटनास्थल अवलोकन तथा निर्मलाको घर परिवारसँग भेटघाट गरेका थिए ।