काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा संलग्न ‘भेजिनल स्वाभ’ सुरक्षित राख्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
बिहीबार आयोगले चिकित्सीय जाँच र सवुतहरुको वैज्ञानिक परीक्षणको राय सुझाव बारेमा विज्ञहरुसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो । आयोगले प्रहरी प्रधान कार्यालयलाई बिहीवार पत्र लेख्दै मृतक निर्मला पन्तको संकलित यौनिक स्वावको नमुनाहरु र सो नमुनाबाट पृथकिकरण डिएनए लगायत सवुतहरु जे जस्तो अवस्थामा छन् सोही रुपमा सुरक्षित राख्न निर्देशन दिएको हो ।
निर्मलाको शव उखुबारीमा अर्धनग्न अवस्था घोप्टो परेको अवस्थामा फेला परेको थियो । अझै हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।




प्रतिक्रिया