निर्मला पन्त हत्याकाण्ड : यस्तो छ छानविन समितिको प्रतिवेदन


काठमाडौं– सरकारले निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ । सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन आइतबार गृहमन्त्रालयले सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापालाई उक्त प्रतिवेदन सार्वजनिक गर्न चौतर्फी दबाव थियो । सरकारले सार्वजनिक गरेको समितिको प्रतिवेदन ३७ पेजको लामो रहेको छ ।

प्रतिवेदनमा कंचनपुरका तत्कालिन प्रहरी उपरीक्षक डिल्लीराज विष्टले आफ्नो जिम्मेवारीको क्षेत्रभित्र गम्भीर प्रकृतिको घटना भएको सूचना प्राप्त हुंदासमेत स्वयं घटनास्थल नगएको तथा सो घटनाको अनुसन्धानमा समेत पदीय जिम्मेवारी पूर्णत पालना नगरेको पाइएकाले विभागीय कारवाही गर्न समितिले सुझाव दिएको छ ।

त्यसैगरी निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भए पनि प्रहरी उक्त घटनामा उदासिन रहेको निष्कर्ष निकालिएको छ ।

समितिमा प्रहरी नायब महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी नायब महानिरीक्षक वसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सदस्य थिए ।
यस्तो छ समितीको प्रतिवेदन

प्रतिक्रिया दिनुहोस
Advertisement