२० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो, सोधियो सातदिने स्पष्टीकरण

२० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो, सोधियो सातदिने स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीहरुलाई सातदिने लिखित स्पष्टीकरण सोधेको छ ।

मंगलबार सूचना जारी गर्दै अनुगमन कार्यालयले ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो ।

यसअघि ३० दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएकोमा स्पष्टीकरण नबुझाएकाले फेरि ७ दिनको समय दिएको हो ।

शिशिर निर्माण सेवा प्युठान, त्रिवेणी कन्स्ट्रक्सन कम्पनी, जागृत निर्माण सेवा, ओम महासरस्वती कन्स्ट्रक्सन ललितपुर, बेबो इन्जिनियरिङ कम्पनी, काठमाण्डु, उग्रवज्र निर्माण सेवा काठमाण्डु, अर्भान कन्स्ट्रक्सन चितवन, शंकरमाली निर्माण सेवा काठमाडौं, मान शाही निर्माण सेवा कालिकोट, ध्रुव निर्माण सेवा सुर्खेत छन् ।

यसैगरी विनम्र निर्माण सेवा सुर्खेत, चीनको चाङसी हुवान इलेक्ट्रिक पावर इक्विपमेन्ट, बताला निर्माण सेवा कालिकोट, माँ बौधी कन्स्ट्रक्सन रौतहट, थापा कन्स्ट्रक्सन जाजरकोट, गगन नेपाल निर्माण सेवा मुगु, बुढीगण्डकी कन्स्ट्रक्सन गोरखा, हिमानी काब्य कन्स्ट्रक्सन सेवा सिन्धुली, एस.एन.एस–एम.सी.सी. जेभी जनकपुर र नागवंशी कन्स्ट्रक्सन कैलालीसँग पनि सातदिने स्पष्टीकरण सोधिएको छ ।

यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस गरिएको थियो ।