दीपक मनाङे पदमुक्त भएपछि मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुने

दीपक मनाङे पदमुक्त भएपछि मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मनाङ प्रतिनिधि सभा १ को प्रदेशसभा (२) मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले उपनिर्वाचनको मिति तोकेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोही दिन रुपन्देही क्षेत्र ३ को प्रतिनिधिसभा उपनिर्वाचन पनि सम्पन्न गरिनेछ।

मनाङमा यसअघि २०७९ सालको निर्वाचनमा राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध विजयी भएका थिए।

तर, ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनी उम्मेदवार बन्न अयोग्य ठहरिएपछि प्रदेशसभा (२) को पद रिक्त भएको हो।

संवैधानिक इजलासले २०८१ कात्तिक २० गतेदेखि उनको पद रिक्त भएको ठहर गरेको थियो।

आयोगले यस उपनिर्वाचनका लागि भदौ २५ मा अद्यावधिक भई प्रकाशित अन्तिम मतदाता नामावली प्रयोग गर्ने जनाएको छ। यसअनुसार २०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा गर्ने सबै नागरिकले मतदान गर्न पाउनेछन्।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन आयोगले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य र सहयोगको आह्वान गरेको छ।