मनाङ उपनिर्वाचन : भदौ १९ देखि दल दर्ता सुरु

मनाङ उपनिर्वाचन : भदौ १९ देखि दल दर्ता सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मनाङ क्षेत्र नम्बर १ (२) मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ देखि राजनीतिक दल दर्ता सुरु हुने भएको छ ।

निर्वाचन आयोगले मंगलबार सूचना जारि गर्दै भदौ १९ देखि २५ गतेसम्म राजनीतिक दल दर्ता सुरु हुने जानकारी दिएको हो ।

मनाङ क्षेत्र नम्बर १ बाट गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुँदैछ।

आयोगका अनुसार दल दर्ताको निवेदन कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा कार्यालय समयमा पेश गर्नुपर्छ।

निवेदनमा दलको नाम, स्थापना मिति, कार्यालय ठेगाना, सम्पर्क विवरण, केन्द्रीय कार्यसमिति र प्रदेश–जिल्ला तहका पदाधिकारी विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन, उम्मेदवार मनोनयनको औपचारिक पत्र, हस्ताक्षर नमूना, र संविधानको धारा द्दटढ अनुसारको प्रतिबद्धता पत्र संलग्न गर्नुपर्नेछ।

नयाँ गठन वा गाभिएका दलले आफ्नो लेखा परीक्षण प्रतिवेदनमा पुराना दलहरूको विवरण पनि समावेश गर्नुपर्नेछ।