काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) नेताहरू पार्टी पदाधिकारी हेरफेर अद्यावधिक नभएको भन्दै निर्वाचन आयोग पुगेका छन्।
आइतबार महासचिव कविन्द्र बुर्लाकोटीसहित कानुनी विभागका नेताहरू कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका हुन्।
उनीहरूले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भेट गरी पदाधिकारी हेरफेर प्रक्रियामा भएको ढिलाइबारे छलफल गरेका छन्।
भेटपछिको प्रतिक्रिया दिँदै महासचिव बुर्लाकोटीले आयोगले प्रक्रिया लम्ब्याएकोप्रति ध्यानाकर्षण गराएका थिए।
ूविलम्ब किन भइरहेको हो भन्ने बुझ्न आएका थियौँ,ू उनले भने, ूपार्टीबाट आवश्यक विवरणहरू पटक–पटक बुझाइसकेका छौँ। उहाँहरूले धेरैजसो कागजात पुगेको बताउनुभयो।ू
रास्वपाले असार ७ गतेको निर्णयअनुसार कविन्द्र बुर्लाकोटीलाई महासचिव र मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको थियो। तर उक्त निर्णयलाई तत्कालीन महासचिव डा. मुकुल ढकालले अस्वीकार गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले आफू नै वैधानिक महासचिव भएको दाबी गर्दै आएका छन्।
यस विषयमा अदालतको टुंगो नलागेसम्म आयोगले निर्णय कार्यान्वयनमा ढिलाइ गरेको बुझिएको छ।




प्रतिक्रिया