काठमाण्डु – नेकपाको प्रचण्ड–माधव समूह निर्वाचन आयोग पुगेको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरुले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेर आफूहरु आधिकारिक नेकपा भएको जानकारी गराएका छन् ।
प्रवक्ता श्रेष्ठले आफूहरुले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर पार्टीको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएकामध्ये माइन्युटमा हस्ताक्षर गर्ने २९५ जनाको आधिकारिक प्रतिलिपि बुझाएको बताए । जवाफमा प्रमुख निर्वाचन आयुक्तले राजनीतिक दलसम्बन्धी ऐनरकानुन हेरेर चाँडै नै निर्णय गर्ने आश्वासन दिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
शुक्रबार प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु माइतीघरमा उपस्थित भएर संसद् विघटनविरुद्धमा आन्दोलन सुरु गरेका छन् ।




प्रतिक्रिया