निर्वाचन आयोगको छलफलमा चर्काचर्की, किन भए नेताहरू आक्रोशित ?

निर्वाचन आयोगको छलफलमा चर्काचर्की, किन भए नेताहरू आक्रोशित ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निर्वाचन आचारसंहितामाथि छलफल गर्न निर्वाचन आयोगले बोलाएको बैठकमा साना दलका नेताहरु आक्रोशित भएका छन् ।  मंगलबार आयोग कार्यालयमा बसेको बैठकमा निर्वाचन आयोगका तर्फबाट आचारसंहितामा हस्ताक्षर गरेर जान भनेपछि साना दलका नेताहरु आक्रोशित भएका हुन्। आचारसंहिता चाँडै लागू हुने आयोगले जनाएको छ ।

आयोगको तर्फबाट हस्ताक्षर गरेर जान भनिएपछि बैठकमा हो-हल्ला भएको थियो भने झन्डैझन्डै झडपको स्थिति सिर्जना भएको जनाइएको छ ।  नेताहरुले आपत्ति जनाउदै नाराबाजी गरेपछि बैठक समेत प्रभावित बनेकाे थियाे। ‘आचारसंहितामा हस्ताक्षर गर्न मात्रै हामीलाई बोलाइयो । त्यो कसरी बन्यो, त्यसको छलफलमा भने बोलाइएन । त्यतिबेला समावेश नगरिएकोमा हामीले विरोध जनाएका हौं’ बैठकमा सहभागी एक नेताले भने।

उनका अनुसार  आचारसंहिता दलहरुले मान्ने र निर्वाचनमा भाग लिने पनि दलहरुले नै भएको हुँदा आफूहरुले हस्ताक्षर गर्ने निर्वाचन आचारसंहितामा के छ भनेर छलफल गर्न पाउनु पर्नेछ ।