काठमाण्डु- सोसाइटी अफ एनेष्थेसियोलजिष्ट्स अफ नेपाल (सान) को अध्यक्षमा प्रसूतिगृहका डा. अमिरबाबु श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै प्रेसिडेन्ट इलेक्टमा डा. अनिल श्रेष्ठ, महासचिवमा डा. वासुदेव पराजुली, सह सचिवमा डा. सन्दिप भण्डारी र कोषाध्यक्षमा डा. पूजा थापा निर्वाचित भएका छन् ।
सदस्यहरूमा डा. तारा गुरुङ, डा. अमित शर्मा भट्टराई, डा. सुरज लामिछाने, डा. रुपेशकुमार गामी र डा. प्रकृति पोखरेल निर्वाचित भएको निर्वाचन समितिका प्रमुख डा. शम्भुबहादुर कार्कीले जानकारी दिए ।
नयाँ कार्यकारी कमिटीका लागि माघ २८ गते निर्वाचन सम्पन्न भएको थियो ।




प्रतिक्रिया