नेपाल भौगर्भिक समाजको अध्यक्षमा डा. गजुरेल

नेपाल भौगर्भिक समाजको अध्यक्षमा डा. गजुरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल भौगर्भिक समाजको अध्यक्षमा डा. अनन्त प्रसाद गजुरेल निर्वाचित भएका छन । अध्यक्षमा प्रत्यासी डा. सुधीर रजौरेलाई ९९ मतकाे अन्तरले पराजित गर्दै गजुरेल निर्वाचित भएका हुन् ।

गजुरेल त्रि–चन्द्र कलेज घण्टाघरमा भूगर्भशास्त्र विभागका प्रमुख समेत हुन् । समाजको उपाध्यक्षमा मोनिका झा, महासचिवमा लोकविजय अधिकारी र कोषाध्यक्षमा आशिष केसी निर्वाचित भएका छन् ।

यस्तै उपमहासचिवमा सविना खत्री र सदस्यमा सौरभ खनाल, इन्द्र लम्साल र अर्जुन भण्डारी भने निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनकालागि भर्चुअल र भौतीक दुवै विधि अपनाइएको बताइएको छ ।