लगानी सम्मेलनका लागि ३० खर्बका परियोजना तयार, ४० देशका प्रतिनिधि आउने

लगानी सम्मेलनका लागि ३० खर्बका परियोजना तयार, ४० देशका प्रतिनिधि आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–मुलुकलाई समृद्ध बनाउन विदेशी ज्ञान, सीप, प्रविधि तथा पूँजी भित्र्याउनु पर्नेमा अर्थविद्ले जोड दिएका छन्।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा वक्ताहरुले यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनमा ३० खर्ब बैदेशिक लगानी भित्रिने र त्यसको परिचालनबाट नेपाल समृद्धिको मार्गमा लम्किने विश्वास व्यक्त गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराइले गणतन्त्र स्थापनापछि नेपालले नयाँ दिशा पक्रेको, राजनीतिक स्थिरता हासिल गरेकाले आर्थिक विकासलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको लगानी सम्मेलन परिणाममुखी हुने बताए।

‘विकासका लागि हाम्रो योग्यता र क्षमताले मात्र नपुग्ने भएकाले सरकारले विदेशी ज्ञान, सीप, प्रविधि तथा पूँजी भित्र्याउने पहल गरेको हो,’ भट्टराईले भने
उनले लगानी सम्मेलनमा फ्रान्स र म्यान्माका मन्त्रीसहित ४० मुलुकका ३८२ प्रतिनिधि आउने निश्चित भइसकेको जानकारी दिए।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले नेपालमा हाल विदेशी लगानी अत्यन्त न्यून रहेको लगानी सम्मेलनका लागि र ३० खर्बको परियोजना तयार पारी लगानीको लागि योजना तयार भइरहेको बताए।

डा शर्माले नेपालको आर्थिक समृद्धि हासिल गर्न प्रतिवर्ष १५ खर्ब बजेट चाहिने र त्यसका लागि बाहिरबाट आठ खर्ब लगानी भित्र्याउन सके मात्र देशको आर्थिक समृद्धिले गति लिन्छ भने।

पूर्वअर्थसचिव युवराज भुषालले नेपालको बजेट खर्च गर्ने क्षमतामा निकै ह्रास आएको बताउँदै विकास बजेट खर्च नहुँदा मुलुकको विकासले गति लिन नसकेको बताए। उनले नेपालको आर्थिक विकासका लागि पहिलो आधार शान्ति सुरक्षा भएकाले नेकपा विप्लव समूहसँग वार्ता गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वैदेशिक लगानीको उपयुक्त वातावरण बनाउन विशेष आर्थिक क्षेत्र बनाई लगानीकर्तालाई आकर्षण गर्नुपर्ने धारणा राखे।