काठमाण्डु – लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा उच्च ब्याज प्रदान गर्दै आइरहेको एनएमबि बैंकले आकर्षक योजना ल्याएको छ ।
बैंकले नयाँ योजना अन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९.५२ प्रतिशत बार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियम सहित) प्रदान गर्ने जनाएकाे छ । एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् ।
भिडीयो केवाईसीमार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।
बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।




प्रतिक्रिया