काठमाण्डु – आउँदै गरेको हिन्दुहरुको महान चाड दशैं–तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर ल्याएको छ ।
घटस्थापनाका दिनदेखी ग्राहकहरुले सिजि डिजिटल तथा एलजी शपी शोरुमहरुबाट एलजी, सिजी, गोद्रेज टिसिएल, सेन्सेई, केन्ट, एलिका र ब्लाक प्लस डेकोरको समान खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशत देखी १,५०० सम्मको क्यास ब्याक सुविधा र तत्काल छुटको रुपमा २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
साथै आफ्ना ग्राहक तथा कर्मचारीहरुको लागी सिजि इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोग कर्ताले सि.जी. डिजिटल तथा एल.जी. शपी शोरुमबाट आफुलाई आवश्यक पर्ने सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् ।
यसको लागी ग्राहकले सि.जी. डिजिटल तथा एल.जी. शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआईमा रुपान्तरण गर्नेछ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । छुट सम्बन्धि थप जानकारीको लागी अबचम२लmद।अयm।लउरअबिि२लmद।अयm।लउ मा ईमेल गर्न सकिने बैंकले जनाएको छ ।




प्रतिक्रिया