विभिन्न प्रविधिको साथमा प्रमुख शहरहरूबाट इन्टरनेट र आईपीटीभी सेवा सुरु

विभिन्न प्रविधिको साथमा प्रमुख शहरहरूबाट इन्टरनेट र आईपीटीभी सेवा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दूरसञ्चार प्राधिकरणबाट अनुमतिप्राप्त इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी एननेट (पर्पल) ले नेपालभरका रिटेल र इन्टरप्राइज ग्राहकका लागि अत्याधुनिक एफटीटीआर प्रविधिबाट वाइ–फाइ सिक्स राउटरका साथै आईपी भी ६ प्रविधिबाट सेवा सुरुआत गरेको छ ।

आईपी भी ६ प्रविधि अहिले र आगामी भविष्यमा चलाउने महत्वपूर्ण प्रविधि मानिएको छ । यसलाई दूरसञ्चार प्राधिकरण (एनटीए) ले पनि अनिवार्य गरिसकेको छ ।

कम्पनीले सुरु गरेको सेवा क्रमिक रूपमा देशका सम्पूर्ण शहर, पहाडी, दुर्गम तथा हिमाली क्षेत्रका रिटेल र इन्टरप्राइज प्रयोगकर्ता, शिक्षा, स्वास्थ्य, वित्तीय संस्था, होटल, सरकारी कार्यालय, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय संस्था (एनजीओ, आईएनजीओ) हरूलाई लक्षित गरी उच्चस्तरीय इन्टरनेट र आईपीटीभी सेवामा विस्तार गर्ने जनाएको छ ।

कम्पनीले नेपालीहरूको महान चाड, दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आकर्षक अफर ल्याएको छ । इन्ट्रोडक्टरी अफरअन्तर्गत रिटेल ग्राहकलाई ९९९ रुपैयाँ मासिक डिस्काउन्टमा ३ महिनासम्म बोनस परियोजना ल्याएको छ भने सानो तथा मध्यम उद्योग (एसएमई प्याकेज) लिने ग्राहकलाई पनि १० प्रतिशत छुटसहित ३ महिनासम्मको अफर प्रदान गरिएको छ ।

व्यक्तिगत प्रयोगकर्ताको रोजाइलाई ध्यानमा राखी विभिन्न किसिमका प्याकेजहरू पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो नारा ‘एननेट सँगसँगै’ राख्दै नारा अनुसार नै सबै खाले ग्राहकहरूलाई समयमै नवीनतम प्रविधियुक्त सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।