काठमाण्डु – सरकारले विदेशमा अध्ययन गर्न जानेहरुका लागि चाहिने ‘नो अब्जेक्सन लेटर’ खुला गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब ६ महिनादेखि बन्द रहेको रहेको ‘नो अब्जेक्सन लेटर’ खुला गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त स्वीकृति दिएको हो ।
गत चैतदेखि बन्द रहेको ‘नो अब्जेक्सन लेटर’ खुला गर्न मन्त्री गिरीराजमणी पोखरेलले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । अब विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुले ‘नो अब्जेक्सन लेटर’ लिन पाउने भएका छन् । ‘नो अब्जेक्सन लेटर’ बन्द हुँदा हजारौं विद्यार्थी मारमा परेका थिए ।




प्रतिक्रिया