नोबेल मेडिकल कलेज स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता

नोबेल मेडिकल कलेज स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेको छ । १० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाण्डुमा आयोजित समारोहकाबीच आन्तरिक राजश्व विभागले नोबेललाई सम्मान गरेको छ ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिब मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा भोगेन्द्र प्रसाद उपाध्यायलाई माला र खादा लगाएर सम्मानपत्रसहित सम्मान गरेका हुन् । २०६१ सालमा स्थापना भएको हस्पिटलले यो सहित २ पटक उत्कृष्ट करदाता बनेको छ । यसअघि आर्थिक वर्ष २०७३/०७४ मा पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट सबैभन्दा बढी आयकर तिरेर नोबेल सातौं कर दिवसमा पुरस्कृत भएको थियो ।