काठमाण्डु- काठमाडौं दुबई उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी विमान भैरहवामा ग्राउन्डेड भएको छ ।
निगमको विमान बुधबार राति १ सय ४९ यात्रु बोकेर दुबई उडान भर्न लागेको थियो ।
यो जहाज ६ दिनअघि चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ–सि–चेक (मर्मत) गररी ल्याइएको थियो ।
जहाजमा इन्जिनको गति तीव्र हुने समस्या (ओभर स्पिड प्रोटेक्सन) देखिएपछि चालकदल र जहाजमा भएका इन्जिनियरले विमानलाई मर्मत गरेरमात्रै उडाउने भन्दै ग्राउन्डेड गरेका थिए ।
बिमान राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा हुँदै दुबई जाने तालिका थियो । भैरहवामा विमान सवा ११ बजे राति अवतरण भएको थियो । त्यहाँबाट दुबई जाने यात्रु थपेर दुबई उड्नुपर्ने तालिका थियो ।




प्रतिक्रिया