काठमाण्डु– निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाबाट पक्राउ गरेको हो।
सार्वजनिक कार्यक्रमै बम हान्ने जस्ता अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भड्काउने काम गरेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो ।
भुसाललाई गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनलाई आजै काठमाण्डु ल्याउने तयारी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।




प्रतिक्रिया