नोरा फतेही नेपालमा, आज च्यारिटी कार्यक्रम

नोरा फतेही नेपालमा, आज च्यारिटी कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बलिउडकी चर्चित नायिका तथा नृत्यांगना नोरा फतेही काडमाण्डु आएकी छिन् । उनले शनिबार हायात ग्राउन्ड, बौद्धमा ‘नोरा फतेही लाइभ इन नेपाल’ च्यारिटी कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछिन् ।

दिउँसो ३ बजे हुने यो कार्यक्रम वल्र्डवाइड फिल्म्स नेटवर्क प्रा.लि. ह्युमन रेस्पेक्ट नेपालको सहकार्यमा आयोजना हुँदैछ । यसको मुख्य उद्देश्य विपन्न बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउनु हो ।

नोरा जो ‘दिलबर दिलबर’ र ‘ओ साकी साकी’ जस्ता हिट गीतहरूमा आफ्नो नृत्यका लागि परिचित छिन् । उनले यो अवसरमा आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक कार्यमा योगदान दिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा मुम्बईबाट आएका २० भन्दा बढी नृत्यकलाकारसँगै नेपालका चर्चित कलाकारहरूले पनि प्रस्तुति दिनेछन् । नोराले नेपालको सांस्कृतिक सम्पदाप्रति उत्साह व्यक्त गर्दै काठमाण्डुका ऐतिहासिक स्थलहरूको अवलोकन गर्ने योजना बनाएकी छिन् ।