पूर्वी फ्रान्सको लियोन नजिकै आगलागी हुँदा १० जनाको मृत्यु

पूर्वी फ्रान्सको लियोन नजिकै आगलागी हुँदा १० जनाको मृत्यु

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पूर्वी फ्रान्सेली शहर लियोनको एक उपनगरस्थित साततले अपार्टमेन्ट भवनमा राति आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको स्थानीय सरकारले शुक्रबार जनाएको छ।

आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन । भोल्क्स-एन-भेलिनमा बिहान ३:०० बजेपछि आगलागी भएको थियो। सो दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् जसमध्ये एकको अवस्था गम्भीर छ ।

भवनको भुइँ तल्लामा फैलिएको र माथितिर फैलिएको आगो निभाउने क्रममा दुई जना अग्निनियन्त्रकलाई सामान्य चोट लागेको पनि बताइएको छ ।