एजेन्सी – उत्तर कोरियाले दुई कोरियाबीचको सम्पर्क कार्यालय ध्वस्त पारिदिएको छ ।
दक्षिण कोरियाको एकता मन्त्रालयका अनुसार मंगलबार दिउँसो स्थानीय समयअनुसार २ः४९ बजे उत्तर कोरियाले केसङ सहरमा रहेको उक्त कार्यालयमा बिस्फोट गराएको हो ।
यसअघि सैनिक स्रोतले सीमावर्ती सहरमा ठूलो विस्फोटको आवाज र धुँवाको मुस्लो देखिएको बताएको थियो । यो विस्फोट उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो–जङले उत्तर–दक्षिण कोरियाको काम नलाग्ने सम्पर्क कार्यालय ध्वस्त भएको छिट्टै देखिने बताएको तीन दिनपछि भएको हो ।
‘उत्तर कोरियाले केस्गमा सम्पर्क कार्यालयको हिंसात्मक विनाश कोरियाली मेलमिलाप र सहकारिताको प्रतिकात्मक चोट हो’ सियोलको इभा विश्वविद्यालयका प्राध्यापक लेफ–एरिक इस्लेले भने ।
‘यस्तो व्यवहारले किम सरकारले संसारबाट चाहेको कुरा प्राप्त गर्न कसरी मद्दत गर्दछ भनेर बुझ्न गाह्रो छ तर स्पष्ट रूपमा त्यस्ता छविहरू घरेलु प्रचारका लागि प्रयोग गरिने छ’, उनले भने ।
विश्लेषकहरूले प्योंगयांगले आफ्नो नाफा बढाउनको लागि संकट सिर्जना गर्न यस्तो गरेको बताएका छन् ।




प्रतिक्रिया